काठमाडौ । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । आज घरघरमा दीपावाली गरी लक्ष्मीको पूजा गरिन्छ । आजै साँझ भैलिनीहरु घरघरमा गई हर्षोल्लासका साथ भैलो खेल्ने सांस्कृतिक चलन पनि छ । यसैले यसपटक देउसी र भैली खेल्नेहरुको सजिलोको लागि नेपाली कथानक चलचित्र कोहिनूरको लोकप्रिय तिहारको देउसी र भैलो गीतको शब्द प्रस्तुत गरेका छौं –सम्पादक

कोरस : हे हे हे हाहाहा भैलिनी–देउसी रे !

केटा : ढकमक फूल झल्लमल्ल बत्ती
घुमाको रोटी देउसी र भैली–भैलिनी
निधारमा टीका मखमली माला
आशिषको ओइरो देउसी र भैलो–देउसी रे ।

ए हजुर यसपालीको तिहारै रमाइलो ।

केटा : हातभरि पैसा नाङ्लोमा रोटी
वासना फैलियो भैली र देउसी
देउसी रे अहै देउसी रे
दानी मनको भण्डारमा लक्ष्मीको वास हुन्छ

केटी: चिनजानी भएपछि भेटघाटको आशा हुन्छ

ए हजुर यसपालीको तिहारै रमाइलो ।

केटी : कुबेर झै धन दरबार झै घर
संस्कार र शैली देउसी र भैली–भैलिनी
फूलै फूलको चाड हाम्रो
लिपेको आँगन रंगीचंगी

केटा : मनमिल्ने जोडी रोज्यौं आज आउ है नाचौं साथी संगी

ए हजुर यसपालीको तिहारै रमाइलो ।

शब्द :सुन्दर श्रेष्ठ
संगीत : शम्भुजीत वाँस्कोटा
स्वर : प्रमोद खरेल र अञ्जु पन्त

Comments

comments