चितवन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नक्कली राष्ट्रबादीको चलखेल बढ्दै गएकोले मुलुकमा संकट निम्तिएको दाबी गर्नुभएको छ ।

भारतलाई सरापेर आफुलाई असली राष्ट्रवाद ठान्नेहरुका कारण मुलुकमा अस्थितरता बढ्दै गएको उहाँको भनाइ छ । नेपालमा नयाँ शक्ति किन भन्ने विषयमा चितवनमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले भारतलाई सराप्दैमा मात्रै सच्चा राष्ट्रवादी नहुने जिकिर गर्नुभयो ।  केहि दिन यता भारतको बिरुद्ध जो बोल्यो ऊ सच्चा राष्ट्रवादी र आन्दोलनकारीको पक्षलिंदा राष्टघातीको विशेषण झुण्ड्याइने गरेकोप्रति उहाँको सन्तुष्टी थियो ।

पूर्व प्रधानमन्त्री भट्टराईले भारतले नेपालको आन्तरिक समस्याबाट नाजायज फाइदा उठाएको बताउँनुभयो । नेपालको आन्तरिक मामिला नेपाल आँफैले समाधान गर्ने भन्दै उहाँले कुटनीतिक तवरबाट समस्याको हल गर्नुपर्ने बताउँनुभयो । भारतले गरेको नाकाबन्दीलाई जंगली हात्तीले घर भत्काउन लागेको उपमा दिदै अब घर भत्काउन आएको हात्तीसँग लड्न पाखुरी सुर्किने कि जंगलतिरै फर्काउने उपाय निकाल्ने भन्ने कुरा सरकारको बुद्दिमतामा निर्भर रहने बताउँनुभयो ।

भट्टराईले नाकाबन्दी र मधेस आन्दोलनका कारण देशमा गम्भीर समस्या उत्पन्न भएको भन्दै जतिसक्दो छिटो यसको समाधान खोज्नपर्ने बताउँनुभयो ।

Please follow and like us:

Comments