न्यू साउथवेल्स । अष्ट्रेलियाको न्यू साउथवेल्समा शनिवारदेखि वेपत्ता रहेको हेलिकोप्टरको खोजी कार्य अझै जारी छ ।

न्यू साउथवेल्सको तमवर्थ क्षेत्रका लागि उडेको उक्त हेलिकोप्टरमा तीन जना सवार थिए । ब्रिजाबाट शनिवार साँझ उडेको सो हेलिकोप्टर त्यसलगत्तै सम्पर्कविहीन बनेको समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त क्षेत्र सिड्नीबाट दुई घण्टाको उडान दुरीमा पर्दछ ।

उद्दारका लागि प्रयोग हुने हेलिकोप्टरहरुले खोजी कार्य तीव्र पारेका छन् । दक्षिण क्षेत्रमा केन्द्रीत गरिएको खोजी अभियानमा हेलिकोप्टरको उडान मार्गलाई ट्रयाप गरिएको छ । सोमवारदेखि सिडनीको उत्तरी उपत्यकामा समेत खोजी कार्य शुरु गरिएको छ । यसका लागि सात वटा हेलिकोप्टर प्रयोग गरिएको छ ।

Comments

comments