एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ । रियल मड्रिड आइतबार राति भएको खेलमा सेभिल्लासँग ३–२ ले पराजित भयो ।

२२ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएपनि त्यो टिक्न नसक्दा रियल पराजित भयो । ३६ औं मिनेटमा सिरो इमोबायलले सेभिल्लाका लागि बराबरी गोल फर्काए । ६१ औं मिनेटमा एभर बेनेगा तथा ७४ औं मिनेटमा फर्नान्डो युरेन्टेले गोल गरेपछि सेभिल्ला ३–१ ले अघि भयो । ९० औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरेपनि रियल मड्रिडले हार टार्न सकेन । यो सिजन लिगमा रियलको पहिलो हार हो ।

लिगका ११ खेलमध्ये रियलले सातमा जित, तीन मा बरारबरी र एकमा हार व्यहोरेको छ । पराजयसँग रियल दोस्रो स्थानमा झरेको छ । रियलको ११ खेलबाट २४ अंक छ । ११ खेलबाट १५ अंक जोडेको सेभिल्ला दशौं स्थानमा छ । आइतबा राति भएका अरु खेलमा एथ्लेटिको मड्रिडले स्पोर्टिङ डि गिजोनलाई १–० तथा एथ्लेटिको बिल्बाओले स्पानियोललाई २–१ ले हरायो ।

Comments

comments