काठमाडौँ । सरकारले भारतीय नाकाबन्दी हटाउन संसदमा साझा संकल्प प्रस्ताव लैजाने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको तीन दलका शीर्ष नेताको बैठकले यस्तो प्रस्ताव लैजाने निष्कर्ष निकालेको हो ।

डेढ महिनादेखि निरन्तर भारतले एकपक्षीय रुपमा लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै बैठकले भूपरिवेष्टित राष्ट्रले पाउने सुविधा र दक्षिण एसियामा भारतको असहिष्णु नीतिबारेमा साझा संकल्प प्रस्ताव तयार गरी संसद्बाट अनुमोदन गराउनुपर्ने निष्कर्ष निकालेको हो ।

संसद्बाट उक्त प्रस्ताव पारित भएपछि नाकाबन्दीबारे औपचारिकरुपमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण हुन्छ ।

Comments

comments