एजेन्सी । तपाई कुनै स्याउ,आँप वा केरा जस्ता फलफूल खाँदै हुनुहुन्छ ? तपाईले खान लाग्नुभएको फलफूलको तौल कति होला ? भन्ने जिज्ञासा लाग्नु स्वभाविकै हो ।

यदि त्यसो हो भने आफ्नो आइफोन झिक्नुहोस् र फलफूलको तौल जोखेर हेर्नुहोस् । तर यसका लागि भने तपाईको आइफोनमा प्लम ओ मिटर Plum-O-Meter नामक एप्स् हुनुपर्दछ । छैन भने आजै आइओसएसबाट डाउनलोड गर्नुहोस् । यो एप्स मार्फत तपाईले फलफूलको तौल सजिलैसँग थाहा पाउँन सक्नुहुनेछ । आइफोनमा रहेको थ्रीडी प्रविधिलाई ध्यानमा राखेर यो एप्स तयार पारिएको हो ।

यो एप्स विशेष गरी स्वास्थ्यप्रति सचेत प्रयोगकर्ताहरुका लागि उपयोगी हुने विश्वास छ ।

Comments