एजेन्सी । शनि ग्रहको उपग्रह एनसिलेडसमा पानी भेटिएको छ । वैज्ञानिकहरुले यो उपग्रहमा मानवबस्ती बसाल्न सक्ने सम्भावनाका बारेमा अनुसन्धान गरिरहेका छन् ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक यन्त्र शनि ग्रहको उपग्रह एनसिलेडसको सबैभन्दा नजिक पुगेर खिचेको तस्बिरमा पानी देखिएको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेकका ग्रह र उपग्रहमा मानववस्तीको सम्भावना देखिएका मध्ये एनसिलेडस उपग्रह अग्रस्थानमा पर्छ । यस अघि वैज्ञानिकले मंगल ग्रहमा पानी भेटेका थिए ।

मंगल ग्रहमा पनि मानवबस्ती बसाउने बारे अनुसन्धान भैरहेको छ । यस्तै वैज्ञानिकले शनि ग्रह र पृथ्वीको दूरीमा फेरबदल भैरहेको पनि बताएका छन् । यी दुवै ग्रह गतिशिल भएकाले दूरीमा फेरबदल भैरहेको हो । शनि र पृथ्वी नजिक हुँदा यी दुईबीचको दूरी १ दशमलव २ अर्ब किलोमिटरको हुने वैज्ञानिकले बताएका छन् । शनि र पृथ्वीको यो दूरी सूर्य र पृथ्वीको दूरी भन्दा आठ गुणा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

शनि ग्रहको उपग्रह एनसिलेडस पृथ्वीको झण्डै १ दशमलव ४ अर्ब किलोमिटरको दूरीमा रहेको पनि वैज्ञानिकले बताएका छन् ।

Comments

comments