काठमाडौँ । भारतले गरेको नाकाबन्दीको असर नेपालको हवाई उडानमा पनि परेको छ । हवाई इन्धन अभाव हुँदै गएपछि आइतबारको आन्तरिक उडानमा ५० प्रतिशत कटौती हुने भएको छ। अहिले दैनिक रुपमा आन्तरिक रुपमा उडान भरिरहेका २०० उडान मध्ये १०० वटा जति उडान कटौती हुने भएको छ।

विमानस्थल डिपो प्रमुख प्रदिप यादवका अनुसार शनिवार आउनुपर्ने हवाइ इन्धन कमी हुँदा आइतबारको आन्तरिक उडानमा कटौती गर्न परेको हो।

आइतबारको लागि नेपालगञ्ज, भैरहवा, धनगढी, लुक्ला, लामीडाडा, फाप्लु लगायतको क्षेत्रमा केही उडान कटौती भएको यादवले जानकारी दिए। आइतबारको आन्तरिक उडानमा कटौती भएपनि सोमबारको उडानमा कुनै कटौती नहुने जानकारी दिनुभयो ।

Comments