नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतपरिणाम आउँने क्रम जारी छ ।

अहिलेसम्मको मतपरिणामले अध्यक्षमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । अहिले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अग्रता लिइरहनुभएको छ । जारी मतगणनामा ओलीले ६०१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपालले ६६६ मत प्राप्त गर्नुभएको छ । हिजो छ ठाउँमा मतगणना भएकोमा आज चाँडो गर्न बाह्र ठाउँमा गन्ने काम भइरहेको छ ।

 

Comments