सधै छोटो पहिरन,उत्तेजक भूमिकामा देखिने सुमिना घिमिरेलाई फेरी पनि त्यस्तै भूमिकामा हेर्ने इच्छा छ भने तपाइको लागि दुखद खबर छ  । कुनै समयमा सेक्सी र हट नायिकाको छवि बनाएकी  अभिनेत्री सुमिना घिमिरे अब कुनै पनि चलचित्रमा सेक्सी र हट नहुने भएकी छिन । किन भने अहिले उनी आफ्नो आलोचित भूमिकालाई मेटाउने प्रयासमा छिन् । एक समय उच्छृङ्खल फिल्म खेलेर आलोचित बनेकी सुमिनाले पछिल्लो समय त्यस्ता फिल्म खेल्न मनाही नै गरेकी छिन् ।

च्यारेटीमा रहेको फिल्म ‘भिमदत्त’ र पोष्ट प्रोडक्सन फिल्म ‘रङ वैजनी’मा सुमिनाले एकदम क्लिन भूमिका निभाएकी छिन् । सेक्सी हिरोइनको छविलाई मेटाउँदै गरेकी सुमिना फेरी अर्को शालीन भूमिकामा अनुबन्धित भएकी छिन् । ‘सेभ द् कन्ट्री’ नामक फिल्ममा सुमिनाले राजनीतिक नेतृको भूमिका निभाउनेछिन् । आफ्नो फिल्मी करिअरमा पहिलो पटक सुमिनाले यस प्रकारको भूमिका निभाउने भएकी हुन् ।

पहिलो पटक फिचर फिल्मको निर्देशन गर्न लागेका सूर्य रेग्मीले सुमिनालाई फिल्म ‘सेभ द् कन्ट्री’ मा राजनीतिक नेतृको भूमिकामा उभ्याउन लागेका हुन् ।

काली सुन्दरी सुमिनाले पनि राजनीतिक नेतृको भूमिकालाई न्याय गर्ने विश्वास दिलाइन् । उनले आगामी दिनमा दर्शक तथा शुभचिन्तकबाट आलोचना आउने किसिमको भूमिका फिल्ममा नगर्ने समेत घोषणा गरिन् ।

निर्देशक रेग्मी स्वयम्को कथा लेखन एवं विवेक सापकोटाको लगानी रहेको फिल्म ‘सेभ द् कन्ट्री’को हाल गीत रेकर्डिङ कार्य भैरहेको छ । अभिनेत्री समेत रहेकी सारिका घिमिरे र रुद्र जिएमले फिल्ममा संगीत दिदैंछन् । सुमिना सहित सुमन सिटौला, संगीतकार सारिका र सुजना ढकालको अभिनय रहने फिल्म ‘सेभ द् कन्ट्री’ साउनको १९ गतेबाट छायाँकनमा जाँदैछ ।

Please follow and like us:

Comments