एजेन्सी । अहिले नेपालमा मात्र होइन विश्वका धेरै मुलुकहरुमा पेट्रोलियम पदार्थका कारण सर्वसाधारण हैरानीमा छन् । बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यले धेरैका लागि सवारी साधान चढ्नु सपनामा मात्र सीमित रहँदै आएको छ । यस्तो अवस्थामा पानीबाट चल्ने सवारी साधान बनाउँन सके कति सहज हुन्थ्यो होला ? धेरै मान्छे यस्तै सोच र कल्पनामा डुब्छन् । तर यस्तो सोच र कल्पना अब यथार्थमा परिणत हुने भएको छ । अर्थात ब्राजिलका एक व्यक्तिले हालै मात्र पानीबाट चल्ने मोटर साइकलको आविष्कार गरेका छन् ।

पानीबाट गुड्छ सररर

water-bike-साओ पोलोमा बस्ने रिकार्डो एजवेडोइस नामका यस व्यक्तिले एउटा यस्तो मोटर साइकल बनाएका छन् जुन पानीबाट चल्छ । त्यति मात्र होइन यसको माइलेज पनि आश्चर्य लाग्ने खालको छ । रिकार्डोले आफ्नो यस पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् ।

१ लिटर पानीबाट ५०० किलोमीटर

रिकार्डोले बनाएको यो बाइक एक लिटर पानीबाट ५ सय किलोमीटरसम्म गुड्न सक्छ ।  यो अनौठो बाइकको भिडियो उनले यूट्युवमा समेत राखेका छन् । यो बाइकमा एउटा व्याट्री पनि रहेको छ ।

पानीबाट यसरी चल्छ इञ्जिन

water-bikeयो बाइकमा पानी हालेपछि ब्याट्री मार्फत यसले हाइड्रोजन बनाइदिन्छ । यही हाइड्रोजनबाट  बाइक चल्छ । बाइकको इञ्जिनमा यो हाइड्रोजनलाई इनधनको रुपमा प्रयोग गरिन्छ । रिकार्डो अझै आफ्नो बाइकको परीक्षण गर्दैछन् । यदि उनको आविष्कार सफल भएमा यो दुई पाङ्ग्रे सवारीका लागि नयाँ क्रान्तिको शुरुवात हुन सक्छ ।

Comments

comments