काठमाडौँ । प्रहरीको गोली लागी एक भारतीयको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँंग टेलीफोन वार्ता गरेका छन् ।

सोमबार साँझ आठ बजे भएको करिब २५ मिनेट लामो टेलिफोन वार्तामा दुई प्रधानमन्त्रीबीच दुई देशको सम्बन्धलाई अझै सुदृढ र विकसित बनाउने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार दुई प्रधानमन्त्रीवीच दुई देशबीच अहिले देखिएका समस्याहरुका बारेमा पनि छलफल भएको र समस्याहरुको आपसी समझदारीबाट हल गर्न सकिने विषयमा गम्भीर वार्ता भएको थियो ।

वार्ताका क्रममा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धलाई  अझै सुदृढ गर्नुपर्नेमा जोड दिए । यसै क्रममा सोमबार बिरगंज नाकामा अवरोध हटउन नदिने प्रयास स्वरुप भएको विरोध प्रदर्शन उग्र र हिंसात्मक हुँदै प्रहरीमाथि आक्रमण हुदाँ प्रहरीबाट शान्ति स्थापनाका लागि बाध्यतापूर्वक बल प्रयोग हुदा एक जना व्यक्तिलाई गोली लागि मृत्यु भएको र निज व्यक्ति भारतीय भएको जानकारी भएकोले प्रम ओलीले त्यस घटनाका बारेमा दुख व्यक्त गरे ।

प्रेस सल्लाहकार दाहालद्वारा जारी प्रेस नोटमा भनिएको छ–प्रधानमन्त्री ओलीले नेपालमा अहिले देखिएको असहज आपूर्ति व्यबस्थाका सम्बन्धमा भारतका प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा भारतका प्रधानमन्त्री मोदीले नेपालको पीडासँग आफु जानकार रहेको र नेपालीको पीडा भारतको पनि पीडा भएको बताउदै नेपाललाई पीडा दिने आफनो कुनै मनसाय नरहेको र ग्यास पेट्रोलियम पदार्थ आपूर्तिमा भारतबााट कुनै समस्या नहुने र आफ्नो तर्फबाट समस्या समाधानमा पूरा साथ हुने बताउनु भयो । ’

भारतीय प्रधानमन्त्री मोदीले नेपालले सामान गरेको असहज अवस्थाप्रति आफु र भारत सरकार गम्भीर भएको र छिटै समस्या समाधान हुनेमा आफु पूर्ण विश्वस्त रहेको धारणा प्रधानमन्त्री ओलीसँग राखेका थिए । नेपालले हाल  व्योहोरिरहेको समस्याप्रति आफु र भारत सरकार गम्भीर भएको र कुनै समस्या छन् भने चाडै नै समाधान हुनेमा प्रधानमन्त्री मोदीले जोड दिएको पनि प्रेस नोटमा जनाइएको छ ।

Please follow and like us:

Comments