एजेन्सी । निद्रामा हिंड्न बिमारीले कैयौं मानिसहरुले समस्या पाएका छन् । तर सामान्यरुपमा निन्द्रामा केही समयमात्रै मानिसहरु हिँडने गर्दछन् । तर अमेरिकामा एकजना युवतीले निन्द्रामा ९ किलोमिटर हिँडेर सबैलाई चकित पारेकी छिन् ।

फ्लोरिडा मूल घर भएर अर्बदामा बस्ने १९ वर्षीय टेलर गमेल घरमा सुतिरहेको बेला एकाएकर हराएपछि आफन्तहरुले प्रहरीमा खबर गरेपछि प्रहरीले उनको खोजी समेत गरेको थियो । तर पछि प्रहरीले उनी सकुशल आफ्नो काकाको घरमा रहेको खबर सार्वजनिक गरेपछि निन्द्रामा नै उनले ९ किलोमिटर दूरि तय गरेको बुझिएको थियो ।

प्रहरीको अनुसन्धानमा टेलर निन्द्रा अवस्थामा नै घरबाट निस्केर बसमा चढेको र त्यहाँबाट काकाकोमा पुगेको थाहा भयो । प्रहरीले टेलरको यो बिमारीका कारण शहरमा अलर्ट नै जारी गरेका छन् ।

टेलरका आफन्तहरुका अनुसार, उनलाई निन्द्राको कुरा केही पनि सम्झना हुन्न । उनी स्लिप वाक बिरामीबाट पीडित रहेकोले समस्या भएको समेत परिवारले बताएका छन् ।

Comments

comments