विदामा बसेका रमेश  खरेलको विदाको समय सकिएपछि आइतवार प्रहरी प्रधान कार्यालयले सरुवा निकालेको छ |प्रहरी प्रधान कार्यालयले एसएसपी रमेश खरेललाई काठमाडौंबाट सरुवा गरि  उनको स्थानमा उत्तम कार्कीलाई राखेको छ । कार्की यस अघि केन्द्रीय अनुसन्धान ब्युरोमा थिए।
खरेल  डिआइजी बढुवाको प्रकृयामा ब्रिफकेसको चलखेल भएको अभिब्यक्ति दिएर विवादमा तानिएपछि उनी असार २० गतेसम्म विदामा  थिए। उनी विवादमा तानिएसँगै हेडक्टरले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेपछि उनको सरुवाको प्रयास सुरु  भएको थियो। अहिले खरेललाई हेडक्वाटरको कार्यविभागमा लगिएको छ।

Comments