काठमाडौं । साताको पहिलो दिन आइतवार अष्ट्रेलियन डलरको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७३ रुपैयाँ ९४ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७४ रुपैयाँ ३६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पनि केही बढेको छ । शुक्रवार एक अमेरिकी डलरको खरीद दर १०४ रुपैयाँ १२ पैसा र विक्री दर १०४ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

जापानी येनको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रवार प्रति १० येनको खरीद दर ८ रुपैयाँ ६४ पैसा र विक्री दर ८ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।  जसअनुसार एक मान येनको ८ हजार ६ सय ४० रुपैयाँ हुनेछ ।

Comments

comments