काठमाडौँ । आर्थिक अभावले प्लस टु भन्दा माथिल्लो तह अध्ययन गर्न नसक्ने विद्यार्थीलाई सरकारले सहुलियत ऋण प्रदान गर्ने नीति ल्याएको छ ।

अघिल्लो सरकारले पारित गरेको उच्च शिक्षा नीतिमा आर्थिक रुपले पिछडिएका जेहेनदार विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराउने उल्लेख छ ।

यो सुविधा सीमान्तकृत, दलित, अपाङ, लोपोन्मुख जाति, जनजाति, महिला विद्यार्थीलाई प्रदान गरेर उच्च शिक्षाको पहुँच बढाउन लागिएको हो ।

Comments

comments