काठमाडौं । नेपाल आयल निगमले सुरक्षा निकायका पेट्रोल पम्पलाई अन्य पम्पको तुलनामा बढी इन्धन दिए पनि सर्वसाधारणलाई वितरण नगर्ने गरेको पाइएको छ ।

तीनवटै सुरक्षा निकायका पम्पले सुरक्षा मौज्दातका नाममा अधिक इन्धन मौज्दात राखेको फेला परेको छ ।

सुरक्षा निकायका पम्पले सरकारी सवारीसाधन र पहुँचवाला व्यक्तिलाई मात्रै इन्धन वितरण गरेको गुनासो बढ्दै गएको छ । आयल निगमबाट स्वीकति लिएर नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकायले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।

अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले १० कात्तिकयता गरेको अनुगमनमा सुरक्षा निकायको एउटै पम्पमा डिजेल र पेट्रोल गरी ५० हजार लिटर आसपासमा मौज्दात भेटिएको हो । तर, उनीहरुले प्रभावकारी वितरण नगरेको विभागको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

Comments

comments