मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली पत्रकार निरू त्रिपाठीलाई उच्च सफलता मिलेको छ ।

मास्टस् इन कम्यूनिकेसनमा भर्खरै भिक्टोरीया यूनिभर्सिटीबाट मास्टस् सकाएकी निरू त्रिपाठीलाई भिक्टोरीया यूनिभसिर्टी पोष्टग्याजूयट एशोशिएसनले पोष्टग्याजुएट लाईफ अवार्ड’ बाट सम्मान गरेको हो ।

हरेक वर्ष यूर्निभर्सिटिका उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गरिने यो अवार्ड यसपटक नेपाली विद्यार्थीले हात पारेकी हुन्। यही वर्ष अगस्तमा त्रिपाठी एनआरएन अष्टेलियाले छनोट प्रक्रियाबाट दिने मिडिया पर्सनालिट अफ दि इयर २०१५ पनि हात पार्न सफल भएकी थिइन्।

त्यसैगरी जिलोङ्ग नेप्लीस् एशोशिएसनल पनि त्रिपाठीलाई छापा पत्रकारितामा अष्टेलियाबाट नै सबैभन्दा कान्छो र पहिलो महिला सम्पादकको रूपमा सम्मान गरिएको थियो।

यी दुई वर्षमा नेपाली समुदाय तथा भिक्टोरीयाका अन्य समुदायबाट पनि सम्मानित भइरहेकी त्रिपाठीलाई यूनिभर्सिटिले गरेको सम्मानले अझ बढी खुसी दिएको बताएकी छिन्।

‘विदेशी भूमिमा काम, करियर र शिक्षालाई एकै रफ्तारमा हाँक्न पक्कैपनि गाह्रो भएको थियो तर पनि आत्माविश्वास र न्यानो सपना देख्न नछोड्दा यो सफलता हासिल भयो,’ त्रिपाठीले बताईन ।

यूर्निभर्सिटिले उनको परिचय दिदैँ र् नेप्लीज् स्टुडेन्ट मेकिङ्ग न्यूज ‘ भनेर टेस्टिमोनि पनि राखेको छ।

त्रिपाठी नेपाली टाइम्स् मेल्वर्नका सम्पादक, नेपाल कन्सुलेट जेन्लर टु भिक्टोरीयाको पब्लीक रिलेसन अफिसर र आरजीआईटी कलेको कम्यूनिकेसन म्यानेजर रहेकी छिन्।

Comments

comments