काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७५ रुपैयाँ १२ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७५ रुपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरीद दर १०३ रुपैयाँ ६४ पैसा र विक्री दर १०४ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।
जापानी येन प्रति १० येनको खरीद दर ८ रुपैयाँ ६० पैसा र विक्री दर ८ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Comments

comments