काठमाडौं । केही म्यूजिक भिडियोकी मोडल तिर्सना बूढाथोकी आफ्नो अभिनय र कामले भन्दा पनि सामाजिक सञ्जालहरु मार्फत उनले गरिरहने विभिन्न हर्कतका कारण चर्चामा रहँदै आएकी छिन् ।

कहिले समाजले पचाउँनै नसक्ने अन्तवार्ता दिएर त कहिले आवश्यकता भन्दा बढी बोल्ड फोटो अपलोड गरेर चर्चा र विवादमा पर्दै आएकी छिन् उनी । पछिल्लो समयमा भने उनी हिन्दू धर्मावालम्बीहरुको आक्रोशको शिकार बनेकी छिन् । भर्खरै सम्पन्न हिन्दूहरुको ठूलो चाड दशैंको समय पारेर उनले आफूले आफैंलाई महाकालीको स्वरुप धारण गरेर खिचिएका फोटोहरु फेसबुक मार्फत सार्वजनिक गरेकी थिइन् । ती फोटोहरुमध्ये केहीमा उनी सर्वाङग नग्न भएकी छिन् । महाकालीलाई नग्न रुपमा प्रस्तुत गरेर आफूहरुको आस्था र विश्वास माथि प्रहार गरेको भन्दै धेरैले तिर्सनाको यो कदमको निन्दा गरेका छन् ।
तर उनले दुर्गा भवानीको रुप धारण गरेकोे तस्बीर फेसबुकमा पोष्ट गरेपछि उनको तस्बीरलाई लाईक र शेयर गर्ने फ्यानहरुको पनि बाढि नै उर्लिएको छ ।
न त आँधीले न त बाढिले कुनै पनि शक्तिले नेपालीहरुको माहान पर्वलाई रोकन सक्दैन भन्दै यो चाडप्रति निकै उत्साहि तिर्सनाले दुर्गा भवानीको रुप धारण गरेकी हुन । धार्मिक हिसाबले नारीलाई पुजा गरेर सम्मान गर्ने समुदायले नारीलाई वास्तवमै सम्मान गर्ने बानिको विकास होस भनी आफुले दुर्गाका विभिन्न रुप धारण गरेको तिर्सना बताउछिन । चित्रमा भन्दा चरित्र ध्यान पुयाउनुपर्ने तिर्सनाको भनाई छ ।

Comments

comments