सिड्नी । सिड्नीमा रहेका नेपाली अभिभावकहरुलाई बालबालिका रक्षा (चाइल्ड प्रोटेक्सन) सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । सिड्नीको दक्षिण कोग्रा सिटि कउन्सल र एड्भान्स डाईभसिटि सर्भिसेजको संयुक्त आयोजनामा भएको तालिममा करिव ४० जना नेपाली अभिभावक सहभागि भएका थिए ।

तालिममा सहभागिहरुलाई डिपार्टमेन्ट अफ फेमली एण्ड कम्युनिटि सर्भिसेजबाट आउनु भएकी स्रोत ब्यक्ति रचना गौतमले तालिम दिएकी थिइन । तालिममा बाल रक्ष सम्बधि अस्ट्रेलियन कानुन, सजय सम्बन्धि ब्यवस्था र मापदण्ड, बाल अधिकार, घरेलु हिंसा र फोष्टर चाइल्ड सम्बन्धि जानकारी दिएको गौतमले नेपालीपत्रलाई बताइन ।

नवजात शिशु देखि हुर्कदै गरेका नाति नातिनीहरुको स्यहार सुसार गर्दै आएका नेपाली अभिभावकहरुलाई अस्ट्रेलियाको बाल रक्षा सम्बन्धि बर्तमान कानुनी ब्यवस्ताबारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो । तालिमले यहाँको बल अधिकार र बाल सुरक्ष ब्यवस्था बारे धेरैकुरा बुझ्न मद्दत गरेको अभिभावकहरुको भनाई रहेको थियो ।

कोग्राको सेन्ट जर्ज बैक कम्युनिटी हलमा प्रत्येक दुई हप्तामा नेपाली अभिभावकहरुको नियमति भेटघाट कार्यक्रम हुने गरेको छ ।

स्रोत : नेपाली पत्र

Comments