–बुद्धि शर्मा ।

नेपालको प्रथम राष्ट्रपति निर्वाचित भएपछि डा. रामवरण यादवको चर्चा एकाएक चुलियो । सामान्य परिवारवाट राष्ट्र प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका यादव आफ्नो सात बर्षे कार्यकालमा कम विवादीत र ज्यादा वाहीवाही नै आर्जन गरे । राष्ट्रियता र मेलमिलापका सवालमा यादव अन्तिमसम्म अडिग रहे ।
हुन त नेपालमा राष्ट्रपति पद आलङ्कारिक मानिन्छ । राष्ट्रपतिले व्यक्तिगतरुपमा राज्य सञ्चालनको सवालमा कुनै कदम चाल्न सक्दैनन् । संविधानको संरक्षण र मुलुकवासीको अभिभाकत्व निर्वाह गर्ने हुन् राष्ट्रपतिले ।

२ सय ३८ बर्षको राजतन्त्रतात्मक व्यवस्थाको अन्त्यसंगै नेपाली जनताले नागरिककोतर्फवाट राष्ट्र प्रमुख हुने व्यवस्था अनुभव गर्न पाए । जस अनुसार एक सामान्य किसानका छोरा डा. रामवरण यादव राष्ट्र प्रमुख बन्न पुगे । यो नेपालको लोकतान्त्रिक इतिहासकै ठूलो राजनीतिक प्राप्ति थियो ।

वि.स. २०६५ सालमा पहिलो संविधानसभावाट राष्ट्रपति चुनिएका यादवले मुलुकको विविधता र अखण्डतालाई सर्वोपरी ठानेर कार्यभार सम्हाल्नुभयो । लोकतन्त्रान्त्रिक आन्दोलनवाट खारिएका यादवले लोकतन्त्र, मानव अधिकार, शान्ति र स्थिरताकोलागि सदा योगदान गर्नु भयो । आफ्नो सात बर्षे कार्यकालमा मृदुभाषी तथा आध्यात्मिक स्वभावका यादवले आफुलाई अव्वल राष्ट्राध्यक्ष सावित गर्न कुनै कसर वाँकी राखेनन् । तरपनि राष्ट्रपति यादव पूर्णरुपवाट विवाद मुक्त भने रहुनुभएन् । सरकार प्रमुखद्धारा वर्खास्त गरिएका प्रधान सेनापतिलाई रातारात थमौती गर्ने निर्णय यादवलाई विवादमा मुछ्ने पहिलो घटना थियो ।

यादव दोस्रो संविधानसभा निर्वाचन अघि कम र पछि ज्यादा विवादीत रहे । मुख्यगरि नयाँ संविधान जारी गर्ने मितिमा उँहाको असहमति, मधेस आन्दोलनलाई लिएर सरकार र दलहरुलाई अनुचित दवाव, विदेशी कुटनीतिज्ञहरुसंग राष्ट्रपति कार्यालयमै गोप्य भेटघाटहरु र नयाँ राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा पुनः अर्को कार्यकालकोलागि विभिन्न दलका नेताहरु र केही विदेशीहरुसंगको बढ्दो भेटघाटलाई आलोचकहरु यादव कार्यकालका असंवैधानिक क्रियाकलाप भनी टिप्पणी गर्दछन् ।

विविध आलोचनाकामाझपनि पहिलो राष्ट्राध्यक्षका हैसियतले राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, लोकतन्त्र र मेलमिलापका सन्दर्भमा राष्ट्रपति यादवले खेलेको भूमिका नेपालको लोकतान्त्रिक इतिहासमा स्मरणयोग्य छ ।

Please follow and like us:

Comments