काठमाडौँ ।  विद्या भण्डारीको जन्म वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भएको हो । उहाँको बुबाको नाम रामबहादुर पाण्डे र आमाको नाम मिथिला पाण्डे हो । २०३५/०३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उहाँले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुनुभयो ।

२०३९ सालमा मदन भण्डारीसँग उहाँको विवाह भयो । २०५० सालमा मदन भण्डारीको निधन भएपछि उहाँ सक्रिय राजनीतिमा देखिन थाल्नुभएको हो । २०५० माघमा भएको उपनिर्वाचनमा उहाँ काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बन्नुभयो । २०५१ सालमा भएको मध्यावधि निर्वाचन तथा २०५६ सालमा भएको तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट समेत निर्वाचित हुनुभयो । यहाँ यसअघि रक्षा मन्त्री समेत भैसक्नुभएको छ । २०५४ सालदेखि उहाँ अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा रहनुभयो । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएकी भण्डारी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष बन्नुभएको हो ।

जन्म : २०१८ साल असार ५
जन्मस्थान : भोजपुर जिल्ला, मानेभञ्ज्याङ गाविस
पिता : स्व.रामबहादुर पाण्डे
माता : मिथिला पाण्डे
बाल्यकाल—शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर
माद्यमिक शिक्षा : बिद्योदय व्यवसायिक सेकेन्डरी स्कुल
कलेज : भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उतिर्ण
महेन्द्र मोरड कलेज विराटनगरमा बि.ए.अध्ययन
विवाह : तत्कालिन नेकपा (माले) का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा बिबाह
छोरीहरु : उषाकिरण भण्डारी (२०४१ मा जन्म) र निशाकुशुम भण्डारी (२०४४ मा जन्म)

राजनीतिक यात्रा :

भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित
२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी
२०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोषाध्यक्षमा निर्र्वाचित
२०४६ मा कीर्तिपुरमाभएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधी
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा निर्वाचित, हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित

२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५१ म काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री
२०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
२०६७ बाट २०६९ सम्म रक्षामन्त्री

भ्रमण :

भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली

Comments

comments