काठमाडौँ ।  करीव सात वर्ष पछि राष्ट्रपति रामबरण यादव शितल निवास छोडेर डेरा सार्दै हुनुहुन्छ ।

पदाबधि सकिएपछि राष्ट्रपति यादवका लागि उपर्युक्त आवासको खोजी हुँदै आएको थियो । यसवीचमा मासिक ३ लाख भाडा तिर्ने गरि तीन ठाउँमा घर हेरिएकोमा अन्तत ललितपुरको भैसेपाटीमा सार्नुहुने निश्चित भएको राष्ट्रपति पुत्री अनिता यादवले हिमालयन कंगारूलाई बताउनुभयो ।  उहाँका अनुसार आज वुधवार नै सर्ने सम्भावना छ । राष्ट्रपति यादवलाई सरकारले भीभीआइपी सुरक्षासहित सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको हो ।

मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआइपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो ।

Comments