विराटनगर । विराटनगरको सिमावर्ती नाका जोगबनी भंसारले विभिन्न बहानामा फेरि पेट्रोलियम पदार्थको आयात रोकेको छ ।

पेट्रोलियम पदार्थको आयात हुन नसक्दा जोगबनीबाट बथनाहा सम्म १ सय २० वटा पेट्रोलियम पदार्थ बोेकेका ट्यांकर र २० वटा बुलेटहरु रोकिएका छन् । जोगबनी भंसारले औद्योगिक कच्चा पदार्थ, मेशिनरी सामान, खाद्यान्न लगायतका वस्तुहरु भने छोडिरहेको छ ।  दशैंको विदा, मोहर्रम पर्वका कारण जोगबनी भंसारले फूलपाती यता पेट्रोलियम पदार्थ नपठाएको विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

विगत ३ दिन देखि बेलुका ट्यांकर नेपाल छिर्न दिने भनेपनि जोगबनी भंसार र स्थानीय प्रहरीले पेट्रोलियम पदार्थ बोकेको ट्यांकरहरुलाई पुनः बथनाहा तर्फ फर्काउने गरेको भंसार एजेण्टहरुले बताएका छन् । सोमवार विराटनगर भंसार नाका भएर १ सय ५० वटा औद्योगिक कच्चा पदार्थ, मेशिनरी सामान र खाद्यान्न बोकेका ट्रक कन्टेनरहरु नेपाल प्रवेश गरेको विराटनगर भंसार कार्यालयले जनाएको छ ।

Comments

comments