काठमाडौँ । नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ ।

ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।

चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ । चीनबाट आयात गरिने भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

Comments

comments