काठमाडाैं । बिश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटवल खेल्न नेपाल आउने भएका छन् । ब्यबसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुई वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।

बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।

बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड टफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहा उनी ११ बर्षसम्म ब्यबसायिक फुटबल खेलेका थिए ।

बेकह्यामसागै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ जसले बीबीसी बिश्वसेवा  र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो बित्तचित्र तयार गर्ने छ ।

बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् ।

Comments

comments