काठमाडौं । नेकपा एमालेले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ती आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ ।

शनिवार अबेर बसेको एमालेको स्थायी समिति वैठकले राष्ट्रपतिको आफ्ना उम्मेदवारलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल र व्यावस्थापिका संसदका मान्य सदस्यहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई महसुश गर्दैं, नेकपा (एमाले)ले विगतदेखि नै सहमतिमा जोड दिएकोप्रति पुनःस्मरण गर्दै  संविधानतः हुन लागेको राष्ट्रपतिको निर्वाचन पनि सहमतिको आधारमा हुनुपर्नेमा बैठकको जोड रहेको छ ।

आजको सन्दर्भमा सबै राजनीतिक दल सहमतिको साथ अगाडि बढ्नुपर्दछ भन्ने आमजनताको चाहना र भावनालाई कदर गर्दैं, विगतमा खेलेका भुमिकाहरुको पुनः स्मरण गर्दै वर्तमान चुनौतीहरुको सामना गर्न मुलुकुको एकतालाई अक्षुण राख्नुपर्नेमा बैठकको जोड छ ।

अध्यक्ष  केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास वालुवाटारमा  बसेको वैठकमा मुलुकले सामना गरिरहेको राष्ट्रिय संकट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायित्व, राष्ट्रिय एकताको सम्र्बद्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको लागि अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको कुरामा छलफल भएको थियो ।

सबैं राजनीतिक दल, नागरिक समाज, मुलुकका सबै संघ–संस्था र आमजनताको एकताको उच्च प्रयत्नबाट नै वर्तमान समस्याको समधान निकाल्नुपर्नेमा बैठकले जोड दिएको थियो ।

दक्षिणी सिमानामा भारतले गरेको आघोषित नाकाबन्दीको कारण उत्पन्न असहज परिस्थीतिको बारेमा समेत बैठकमा गम्भीरताको साथ छलफल भएको बताइएको छ ।

बैठकले देशको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षिय विकल्पको निम्ती ठोस ढंगले प्रयत्न गर्न र छिटोभन्दा छिटो भन्दा आपूर्ति व्याबस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

Comments