नवराज पाण्डे,काठमाडौं ।

संविधान सभाबाट नयाँ संविधान जारी भए पछि प्रधानमन्त्री, सभामुख उपसभामु चयन भए लगत्तै अव  राष्ट्रपतिको  निर्वाचन तर्फ सबैको ध्यान खिचिएको छ । राष्ट्रपति निर्वाचनको प्रक्रिया आरम्भ गर्नका लागि व्यवस्थापिका संसदको शनिवार बैठक समेत आव्ह्रान भैसकेको छ । प्रधानमन्त्री पदको चयनताका टुटेको प्रमुख तीन दलको सहकार्य सभामुख चयनमा आएर फेरी एउटै कित्तामा आईपुगेको छ । अव राष्ट्रपति र उपराष्ट्रपति चयनमा  दलहरुबीच कस्तो सम्वन्ध रहने हो प्रतीक्षाको  बिषय बनेको छ ।

नयाँ संविधान जारी भए पछि मुलुकका प्रमुख पदहरु मध्य प्रधानमन्त्री र सभामुख,उपसभामुख चयन भएसंगै  राष्ट्रपतिको निर्वाचनमा दलहरु कसरी अघि बढ्लान् ? अहिले यो  चौतर्फी चासोको  बिषय बनेको छ । संविधानले तोके बमोजिम नै बहुमतिय प्रक्रियामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुई साता अघि प्रधानमन्त्री बन्नु भएको छ भने एक  साता अघि मात्र एकीकृत माओबादीकी सांसद ओनसरी घर्ती सर्वसम्मत सभामुखमा चयन हुनुभएको छ । यस्तै दलहरुकै सहमतिमा राप्रपा नेपालका संसद गंगाप्रसाद यादव उपसभामुख बन्नु भएको छ । संविधान जारी भएको ३० दिन भित्रमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने भनेर स्पष्ट रुपमा संविधानमा उल्लेख छ । यही व्यवस्था अन्तर्गत संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न रूपान्तरित संसदको बैठक शनिबार दिउसो बोलाइएको छ ।

दलहरुबीच सहमति कायम हुन सके संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको चयन हुने छ । शनिबार अपराह्न ३ बजे बस्ने संसद बैठकमा सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा दलहरुबीच साझा उम्मेदवार पेश गर्नका लागि निर्वाचन समिति गठन गरि सोमबार सम्मको समय  निर्धारण गरिने तयारी भएको संसद सचिवालयको तयारी छ । तर संसदमा भएका दलहरूबीच पछिल्लो समय देखिएको मतभेदका कारण राजनीतिक सहमतिका आधारमा राष्ट्रपति चयन हुने सम्भावना असम्भवप्राय देखिएको केहि नेताह्ररुले बताउदै आएका छन् । तथापी सभामुख र उपभामुखको निर्वाचनमा देखिएको दलहरुको नजिकिएको दुरीका कारण सहमतिमा राष्ट्र प्रमुखको चयन हुन सक्ने सम्भावाना समेत जिवीत रहेको केहि  राजनीतिक बिश्लेषकहरुको बुझाई छ ।

यदि सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ ।  निर्वाचन कार्यक्रमअनुसार कात्तिक ९ गते उम्मेदवारी दर्ता र त्यसको भोलिपल्ट उम्मेदवारको प्रचारप्रसारका लागि समय दिने तयारी भइरहेको बताइएको छ । उ

क्त पदहरुमा दुईभन्दा बढी उम्मेदवार मध्य  हाल कायम सदस्य संख्या ५ सय ९७ को बहुमत अर्थात् २ सय ९९ मत प्राप्त गर्नु पर्ने हुन्छ । सत्तारुढ गठबन्धनको प्रमुख दल एमाले तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै दलले आ आफ्नो तर्फबाट उम्मेदवारी  दिने बताउदै आएका छन् ।

Comments

comments