काठमाण्डौ । नेपालीहरुको महान् चाड बडादशैँको आज ११ औ दिन, एकादशी । आफ्ना मान्यजनहरुबाट हिजो टिका लगाउन नभ्याएकाहरुले आज टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइदैछ । हिजो टिका लगाउन नभ्याउनेहरुले पूर्णीमासम्म टिका जमरा लगाउने गदर्छन् । तर पश्चिम नेपालका कतिपय जिल्लाहरुमा भने हिजो एकदिन मात्र टिका लागाउने परम्परा रहेको छ ।

हिजो टिका लगाउन नभ्यानेहरु आज बिहानैबाट टिका लगाउन मान्यजनकोमा जाने गर्दछन् । दशैमा आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा फूलको सट्टा घटस्थापनाका दिन दशैघर तथा पूजा कोठामा राखिएको समृद्धीको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ । दशमीको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने परम्परा रहेको छ ।

आज विशेष गरी अलि टाढा रहेका आफन्त र मान्यजनकोमा गएर टिका लगाउने चलन छ । यस्तै दशैँ मनाउन काठमाडौँ बाहिर गएकाहरु पनि आजैदेखि फर्कन शुरु हुन्छ । यो वर्ष कम मात्रामा यातायातका साधन चल्दा सर्वसाधारण थप सास्ती भोग्न बाध्य छन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ । बिजया दशमीलाई राक्षसहरुमाथी देवताहरुको बिजयको दिवसका रुपमा पनि लिने गरिन्छ । घटसस्थापनाका दिनदेखी शुरु हुने यो पर्व पुणिर्माको दिन सम्म १५ दिनसम्म मनाउने गरिन्छ ।

Comments

comments