काठमाडौं । नेपाली क्रिकेट टिम फेरि एकपटक विश्वकपका लागि छनोट भएको छ  ।

नेपाल १९ वर्ष मुनीको आइसिसी विश्वकप क्रिकेटका लागि छनौट भएको हो  । फाइनलमा विहिबार आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपालले अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपको यात्रा सुनिश्चित गरेको हो । एक सय ८५ रनको लक्ष्य नेपालले ४६ ओभर २ बलमा ७ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि सुनिल धमलाले ४७, राजु रिजालले ३५, दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए । यस्तै राजवीर सिंह र सौरभ खनालले समान १६ रन बनाए । नेपालले कुनै रन नजोड्दा १ विकेट थियो । बुधबार भएको खेलमा नेपालका लागि सबैभन्दा बढी ८५ रन बनाएका सन्दिप सुनार आज शुन्य रनमै आउट भए ।

Comments

comments