काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले विजयादशमीको अवसरमा आज इच्छुक सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपति यादवले आज दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिनुहुनेछ ।  उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासको ढोका सर्वसाधारणका लागि खुल्ला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

तर पूर्व राजा ज्ञानेन्द्र शाहले भने यसपटक विजयादशमीको टीका लगाइदिने कार्यक्रम नरहेको निर्मल निवासले दशैं अगावै जानकारी गराइसकिएको छ । देशमा देखिएको असहज स्थितिको कारण टीकाको कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

Comments

comments