काठमाडौं । यस वर्षको दसैंमा टीकाको साइत विहीवार बिहान १० बजेर ५५ मिनेट परेको छ । विजया दशमीको दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत ११ बजेर ५३ मिनेटमा छ ।

कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ, । विहिवार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण साइत कुर्न नपर्ने पञ्चाङ निर्णायक समितिले जनाएको छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मंगलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।

Please follow and like us:

Comments