हिमालयन कङ्गारु विशेष । तपाई अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थी हुनुहुन्छ ? यहाँको सरकारले उपलब्ध गराएको कानूनी व्यवस्था अनुरुप काम पनि गर्दै हुनुहुन्छ होला । तर तपाईलाई आफ्नो अधिकारबारे भने थाहा नहुन सक्छ । अष्ट्रेलियामा काम गर्दै अध्ययन गर्दै गरेका विद्यार्थीहरुको केही त्यस्ता अधिकारहरु छन् जसलाई अष्ट्रेलियाको सरकारले नै सुरक्षित गरिदिएको छ । ती अधिकारहरुले तपाईलाई आफ्नो काम गर्ने ठाउँमा सुरक्षा प्रदान गर्न मद्दत गर्नेछ ।
काम गर्दै गरेका विदेशी विद्यार्थीहरुका अधिकारहरु यस प्रकार छन् :

१. कुनै पनि मालिकले कुनै कामदारमाथि उसको राष्ट्रियता,लिङ्ग,धर्म र संस्कृतिको आधारमा भेदभाव गर्न पाइनेछैन । यदि कसैले त्यसो गर्छन् भने अष्ट्रेलियाको कानून अनुसार ऊ दण्डनीय ठहर्छ । त्यसैले तपाईमाथि विदेशी भएकै आधारमा थोरै पारिश्रमिक दिने,असमान काममा लगाउँने वा अन्य कुनै किसिमको भेदभाव भैरहेको अनुभव गर्नुभएको छ भने तुरुन्तै प्रतिकार गर्नुहोस् । तपाईका जायज मुद्दामा साथ दिन सिंगो अष्ट्रेलियन सरकार तपाईसँग छ ।

.तपाईले रातिको सिफ्टमा काम गर्दै हुनुहुन्छ अथवा शनिवार,आइतवार जस्ता सप्ताहन्त वा सार्वजनिक विदाको समयमा काम गर्नुहुन्छ भने तपाईले आफ्नो पारिश्रमिक पनि बढी पाउँने अपेक्षा गर्नुहोस् । किनकि यी बेलाहरुमा काम गर्ने जोसुकैले बढी तलब र सुविधा पाउँनुपर्छ भनेर यहाँको सरकारले नै अधिकार सुरक्षित गरिदिएको छ । यसमा विदेशी भनेर भेदभाव गर्न पाइदैन ।

३.तपाई विरामी वा अस्वस्थ्य हुनुभयो र त्यही कारणले काममा जान सक्नुभएन । यसैलाई मुद्दा बनाएर तपाईको कम्पनीका मालिकले तपाईलाई कामबाट हटाएको जानकारी पाउँनुभयो भने तपाई दुखी नहुनुहोला । किनकि त्यसरी विरामी विदामा बसेका कसैलाई कामबाट बर्खास्त गर्ने अधिकार छैन ।

Please follow and like us:

Comments