काठमाडौं । गायक शिव परियारको नयाँ गीत रोशीखोलाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

नवोदित गीतकार धन लामा दोङको एकल शब्द रहेको एल्बम तिम्रो आगमनमा समाविष्ट उक्त गीतको म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल माला लिम्बुले अभिनय गरेकी छिन् । उनलाई इमेज च्यानलका चर्चित भिजे विवेकले साथ दिएका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

एल्बम तिम्रो आगमनमा टीका बम्जनको एकल संगीत रहेको छ भने विभिन्न गायक गायिकाहरुको आवाज समावेश छ ।
भिडियोमा मालाको प्रेममा परेपछिको विवेकको मनोदशा सहितको कथा देखाइएको छ ।

https://www.youtube.com/watch?v=6U-qPOs6Nvc&feature=youtu.be

Comments

comments