मेलबर्न । तमु समाज अस्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ । ज्ञानबहादुर गुरुङको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति गठन गरिएको हो ।

३ अक्टोवरमा भएको अधिवेशनले ज्ञानबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो  ।

समाजको दुई जना उपाध्यक्षमा ज्ञानेन्द्र गुरुङ र लक्ष्मण गुरुङ चुनिएका छन् भने सचिवमा युवराज गुरुङ  र कोषाध्यक्ष लेख गुरुङ रहेका छन् । समाजको चाडै नै बस्ने सदस्यहरुको भेलाले अन्य पदाधिकारी निर्णय गर्ने सल्लाहकार देव तमुले बताए ।
यसैबीच तमु समाजको आयोजनामा तमु ल्होछार २०१६ आगामी जनावरी ९ शनिवार मराना अडिटोरियममा हुने भएको छ ।

उक्त दिन तमु संस्कृति अनुसार ल्होसारको पुजा गर्नुका साथै नेपालबाट आएका कलाकारहरुको सहभागितमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने बताईएको छ ।

Comments

comments