काठमाडौँ । एनआरएनका नवनिर्वाचित अध्यक्ष शेष घलेले एनआरएनहरु झोले पर्यटकजस्तो नभएको बताएका छन्।

एनआरएन अन्तर्गत शुक्रबार ग्लोबल कन्फरेन्समा बोल्दै  अध्यक्ष घलेले भने-‘हामीलाई यहाँ दशैँ मनाउन आउँछन्। ठूला कुरा गर्छन् भन्ने गरिन्छ तर नेपालमा एनआरएनहरुले धेरै खर्च गरिरहेका छन्’, उनले भने, ‘हामी १० डलर खर्च गर्ने विदेशी पर्यटक जस्तो हैनौं। हामी आउनुभन्दा अगाडि २०–३० प्रतिशत पनि होटल बुकिङ हुँदैनथ्यो। अहिले सतप्रतिशत होटल बुक भएका छन्।’

एनआरएनहरुले प्रतिबद्धता पनि गर्ने गरेको र खर्च पनि गर्ने गरेको उनको भनाइ थियो। ‘हामीले प्रतिबद्धता पनि गरेका छौं खर्च पनि गरेका छौं। तपाइँहरु प्रतिबद्धताको रेकर्ड राख्नोस् हामी त्यसलाई पूरा गर्दै जान्छौं ।

Comments