काठमाडौ । एकीकृत नेकपा माओबादिले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको आज टुंगो लगाउने भएको छ ।

एकीकृत माओवादीका तर्फबाट सहभागी हुने ६ जना मन्त्रीहरुको टुंगो आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले लगाउने नेता दीनानाथ शर्माले बताउनुभयो । एकीकृत नेकपा माओवादीका गृहमन्त्रीको टुङ्गो लागेपनि अरु मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेमा विवाद देखिएको छ ।

यसअघि गृहमन्त्री वा उपप्रधानमन्त्रीको दावी गरिरहनु भएका टोपबहादुर रायमाझिले कम्तिमा तीनजना आफ्नो सिफारिसका मन्त्री बन्नुपर्ने बताउनुभएको छ ।  हिजो माओबादीले सभामुखमा ओन्सरी घर्तिमगर र उपप्रधान तथा गृहमन्त्रालयमा कृष्णबहादुर महराले प्रतिनिधित्व गर्ने निर्णय गरिसकेको छ ।

Comments