विश्वक़प फूटबल २०१४ को उपाधि जर्मनीले हात पारेको छ | दक्षिण अमेरिकी भूमि ब्राजिलमा सम्पन्न अर्जेन्टिना र जर्मनी बिचको फाइनल खेल अतिरिक्त समयको सदुपयोग गर्दै जर्मनीले ० को विरुद्ध १ गोल नतिजा सहित यस बर्षको विश्वक़प उपाधि युरोपियन भूमिमा भित्र्याएको छ |

2405201_big-lnd

 

अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले २४ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको  हो । सोमबार विहान भएको फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।

2405148_big-lnd

यसअछि १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व च्याम्पियन बनेको थियो । चार वर्षका लागि फुटबलको राजा छान्न माराकाना रंगशालामा भएको खेलमा जर्मनीका लागि ११३ औं मिनेटमा मारियो गोटेजले निर्णाायक गोल गरेका थिए ।

११७ औं मिनेटमा मेस्सीको हेडर बारको केहीमाथिबाट बाहिरियो भने ११९ औं मिनेटमा मेस्सीको फ्रिकिकले सही दिशा लिन नसकेपछि जर्मनीको जित पक्का भयो।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले केही राम्रा मौका खेल फालेको थियो । १९ औं मिनेटमा अर्जेन्टिनाका गोन्जलो हिगुइन वान भर्सेज वानमा चुकेका थिए ।

दक्षिण अमेरिकामा आयोजना भएका हालसम्म का ५ विश्वकप प्रतियोगितामा  यूरोपको प्रतिनिधित्व गर्दै जर्मनीले पहिलो विश्वकाप हात पार्न सफल भएको छ |

Comments