काठमाडौं । जमरा राखेर दशैं भित्रिसकेको छ देशमा । सधै दशैं आउन अघि नै दशैंका रौनकहरु भित्रिन्थे गाउँघरदेखि शहर बजारसम्म । तर यसपटक मलिनो मन लिएर दशैंको स्वागत गरिरहेका छन् आम नेपाली जनताहरु । न दशैंको रौनक छ नत चहलपहल नै, खसीबोका भेडा च्याङग्रा पनि हराए झै भएको छ यतिखेर । मुलुकको उत्तर र दक्षिणबाट दनादन भित्रने गरेका खसीबोकाहरु समेत काठमाडौं भित्रन नसक्दा मासुजन्य पदार्थको अभावले दशैं थप खल्लो बन्ने देखिएको छ ।

विगतका वर्षहरुमा दशै आउन महिना दिन बाँकी हुँदादेखि नै काठमाडौमा खसीबोकाको मोलमोलाई सुरु हुने गर्थे । तर यस वर्ष भने सीमानाकामा कायम दोहोरो असहयोगका कारण दसैको घटस्थापना नाघिसक्दा पनि काठमाण्डौमा खसीबोका चाईचुई नै सुन्न पाइएको छैन । भारतले गरेको नाकाबन्दीका कारण उत्तैबाट आउने गरेका हजारौ खसीबोका पनि उत्तै थुनिदा कारोवार घट्ने खाद्य संस्थानको अनुमान छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैमा खसीबोकाको कारोवारमा ढिलो भएको खाद्य संस्थानको अंचल प्रमूख मोहन प्रकाश चन्द जानकारी दिनु भयो । अझ बैशाख १२ गते गएको विनासकारी भूकम्पको कारणले गर्दा विभिन्न जिल्लाहरुका बाटो विग्रेकोले काठमाण्डौमा खसीबोकाको कारोबारमा समस्या रहेको खाद्य संस्थान अंचल प्रमूख चन्दले बताउनु भयो ।

खाद्य संस्थानले विगतका वर्षमा मकवानपुर, बाँके, बर्दिया, सुर्खेत र लहानलगातय जिल्लाबाट खसीबोका ल्याउने गरेको भए पनि यस वर्ष नाकाबन्दीका कारण ल्याउन नसकिएको खाद्यसंस्थानका अंचल प्रमूख चन्दले बताउनु भयो । तर दशैंका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्यांग्रा शुक्रवार सम्ममा काठमाडौं भित्र जानकारी पनि उहाँले दिनुभयो । यस पटक खसीबोकाको मूल्यनिर्धारण भने नगरेको खाद्य संस्थानको भनाई छ ।

मांसाहारीका लागि दशैंमा खसीको मासु अत्याधिक प्रयोगमा ल्याउने चलन छ  भने बोका शक्तिपीठहरुमा बली दिन उत्तिकै प्रयोग गरिन्छ । त्यस्तै उत्तरी नाका हिमाली जिल्लाहरुबाट भित्रने भेडाच्यांग्रा पनि दशैंका लागि रुचाईने वस्तुमा पर्दछ ।

Comments

comments