काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकार समर्थक दलहरुको बैठक बोलाउनुभएको छ ।  बिहान ८ बजेका लागि बोलाईएको वैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफल हुनेछ ।

स्रोतका अनुसार सरकार संचालनमा सघाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनितिक संयन्त्र बन्ने भएको छ ।

सत्ता समर्थक दलहरुको आग्रहमा प्रधानमन्त्री केपी ओलीले संयन्त्र निर्माण प्रक्रिया अघि बढाएका हुन् ।

संयन्त्रले सम्भवत बिहीबार नै औपचारिकता पाउनेछ ।

Please follow and like us:

Comments