मेलबर्न । विश्व मनोरञ्जन क्षेत्रमा अहिले सर्वाधिक विकाउ बनेको छ,कमेडी । झन् त्यसमाथि उम्दा हाँस्यकलाकारहरुको प्रस्तुति भए अरु केही चाहिन्थ्यो र ? नेपाली चलचित्रको पनि अहिले निकै स्तर वृद्धि भएको दर्शकहरुको बुझाइ छ । विषयवस्तु,प्रस्तुति देखि कलाकारहरुका अभिनयमा समेत सुधार आएको छ । यसले गर्दा नेपाली चलचित्रको बजार र माग पनि विश्वव्यापी बन्न थालेको छ ।

अष्ट्रेलिया अहिले नेपाली चलचित्रहरुको राम्रो वैदेशिक बजार बन्दैछ । नेपाली चलचित्रप्रति यहाँका नेपाली दर्शकहरुको क्रेजले गर्दा अहिले हरेक हप्ता जसो नै नयाँ नयाँ नेपाली चलचित्रको विशेष प्रदर्शनी हुने क्रम बढेको छ । यसैक्रममा नेपालमा राम्रो विजनेश गर्न सफल चलचित्र वडा नम्बर छ को मेलबर्न स्क्रिनिङ हुने भएको छ । दीपकराज गिरी,सीताराम कट्टेल,केदार घिमिरे,जितु नेपाल,दीपाश्री निरौला लगायतका नामूद हाँस्य कलाकारहरुसँगै दयाहाङ राई र प्रियांका कार्कीको अभिनय रहेको वडा नम्बर छ प्राविधिक रुपमा अब्बल चलचित्र बनाउँन सिपालु निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

यही आइतवार अर्थात अक्टुबर १८ मा मेलबर्नको स्थानीय चाइना टाउन सिनेमा हलमा देखाइन लागिएको वडा नम्बर ६ को शो टाइम बेलकी ७ : ३० बजे रहेको छ ।

Comments

comments