काठमाडौं । गैर आवसीय नेपाली संघ एनआरएनएको खेलकुद बिभागले पांच जना खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

नेपाली खेलकुमा पु¥याएको योगदानको कदर गर्दै एनआरएनको सातौ अधिवेशन तथा बिश्व सम्मेलनको अवसरमा खेलाडीलाई सम्मान गरेको हो । एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेले खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मानित गर्नुभएको थियो ।

एनआरएनले मंगलबार काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गर्दै म्याराथनका हरिबहादुर रोकाया  र जीतबहादुर केसी, अल्ट्रा धावक मिरा राई, कुस्तीका सतेन्द्रप्र्रसाद यादव र भलिवलका तत्कालिन मुख्य प्रशिक्षक स्वर्गिय केशवलाल श्रेष्ठलाई मरणोपरन्त सम्मान गरेको हो । पुरस्कृत सवैलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
चार पटक एभरेस्ट म्याराथनको उपाधी जितिसकेका  रोकाया हाल जुम्लामा हाई अल्टिच्युटका खेलाडी उत्पादनमा तल्लिन छन् भने  जीतबहादुर केसी नेपाललाई पहिलो अन्तराष्ट्रिय पक दिलाउने खेलाडी हुन । नेपालमा कुस्ती खेलको बिकासमा सतेन्द्रको महत्वपूर्ण भूमिका छ । त्यस्तै मिरा पछिल्लो समय अन्तराष्ट्रिय अल्ट्रा दौडमा चर्चित छिन् ।

प्रशिक्षक केशवको भने वौख १२ को महाविनाशकारी भूकम्पमा परि निधन भएको थियो । सम्मान कार्यक्रममा ओलम्पियन दिपक बिष्टले नेपाली खेलाडीलाई बैदैशिक प्रशिक्षणमा सघाउन एनआएनए समक्ष आग्रह गरेका थिए । एनशआरएन खेलकुद बिभादगका संयोजक नारायण गुरुङले आउदा बर्षमा सम्मानको राशी बृद्धि गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

Comments

comments