काठमाडौं । देशमा आपूर्तिहरु लगभग शुन्यको अवस्थामा पुगेपछि यतिबेला सर्वसाधारणहरु अत्यावश्यक बस्तुको अभावको चपेटामा पर्न थालेका छन् । स्वास्थ्यसेवाबाट समेत उनीहरु मारमा परेका छन् । इन्धन अभावले सवारी साधान नपाउँदा अस्पतालसम्म पुग्न नसक्नु,औषधि उपलब्ध नहुनु र अस्पतालमा पनि प्रभावकारी उपचार सेवा नपाउँनु जस्ता गम्भीर स्वास्थ्य समस्या भोग्न बाध्य छन्–सर्वसाधारण नेपालीहरु । त्यसमाथि पनि अस्पतालका चिकित्सकहरुको औषधि उत्पादक कम्पनीहरुसँग भएको अनावश्यक साँठगाँठका कारण सर्वसाधारण थप दबाबमा पर्ने गरेका छन् ।
अहिले देशले खेपिरहेको विषम अवस्थाबाट सबै नेपालीहरु अछुतो छैनन् । त्यसबाट उत्पन्न समस्याका कारण निकै सास्ती खेप्नुपर्ने बाध्यतामा छन् नेपालीहरु । एकातिर घरबाट अस्पतालसम्म आउन पनि सवारीसाधनको पातलो चापका कारण हम्मे हम्मे परिरहेको सर्वसाधारणहरुको गुनासो छ ।

सवारीसाधनको जोहो गरेर जेनतेन अस्पतालसम्म आइपुग्नेले पनि अस्पतालमा सानो उपचारका लागि समेत अनावश्यक रुपमा घण्टौ कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणहरु बताउँछन् ।

औषधी ब्यवसायी ईश्वर गुरुङका अनुसार औषधि अभाव त बढेकै छ । त्यसमाथि डाक्टरहरुको औषधी कम्पनीसँगको ब्यवसायिक साँठगाँठका कारण पनि सर्वसाधारणहरु त्यसको मारमा परेका छन् ।

कतिसम्म भने डाक्टरहरुले आफूहरुले भनेकै कम्पनिको औषधि सेवन गर्नु दबाब दिने गरेको एक जना सर्वसाधारणको गुनासो छ ।

चिकित्सक भएको सपथ खाँदा बिरामीलाई सहज तवरले सेवा प्रदान गर्ने कसम खाएकाहरुको यो प्रवृत्तिले अप्ठ्यारोको बेला अन्तिम आशा र विश्वासको केन्द्रको रुपमा रहेको स्वास्थ्य संस्था र त्यसमा कार्यरत डाक्टरहरुमाथिको विश्वासनीयता माथि पनि प्रश्न उठ्न थालिसकेको छ ।

Comments

comments