काठमाडौं । भारतीय टेलिभिजन च्यानल जिटिभीको रियलिटी डान्स शो डान्स इण्डिया डान्सको फाइनलमा नेपालका निर्मल तामाङ फष्ट रनरअप बनेका छन् ।

उपाधि जित्ने लक्ष्यमा भने उनीभन्दा बढी भोट पाएकी कारण प्रोनिता स्वर्गीयारी बाधक बनिन् । उनले कुल ३५ लाख भोट पाएर शोको उपाधि जितिन् । उनलाई ग्राण्ड डान्स मास्टर चलचित्र अभिनेता मिथुन चक्रवर्तीले सुनौलो रंगको टोपी पहिर्याइ दिएका थिए । निर्मलले भने दोस्रो हुँदै चाँदीको टोपी पहिरिए ।

नुवाकोटका निर्मल डान्स इण्डिया डान्समा सहभागी बन्न काठमाडौबाटै मुम्बई गएका थिए । ग्राण्ड फाइनलमा पनि उनले आफ्नो आकर्षक प्रस्तुति र प्रतिभाले सबैको ध्यान तान्न सफल भएका थिए ।

फाइनल प्रस्तुतिमा उनलाई अभिनेत्री सोनाले साथ दिएकी थिइन् । यसअघि नेपाली तेरिया मगरले शोको बालबालिका श्रृंखलाको उपाधि जितेकी थिइन् ।

Please follow and like us:

Comments