काठमाडौँ । ढिलै भए पनि दसैं मान्न घर जाने यात्रुले सोमबारदेखि सवारी साधन चढ्न पाउने भएका छन् ।

सरकार, यातायत व्यवसायी र नेपाल आयल निगमले सोमबारदेखि लामो दुरीको बस संचालन गर्ने निर्णय गरेका हुन् ।

सोमबारदेखि ८ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारी साधन संचालनमा ल्याइनेछ । नाकाबन्दी, असुरक्षा तथा इन्धन अभावका कारण यसपटक अग्रिम टिकट काट्ने व्यवस्था कार्यान्वयनमा आउन सकेन ।

Please follow and like us:

Comments