काठमाडौँ । राष्ट्रपति डा.रामवरण यादवले  बहुमतबाट नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरू गर्न पत्र पठाउनु भएको छ। सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति यादवले दिएको समयसीमा हिजो बिहीबार सकिएपछि आज संसदलाई बहुमतबाट नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरू गर्न पत्र पठाएको हो । संविधानको धारा २९८ को ३ अनुसार नयाँ प्रधानमन्त्री चुन्ने प्रकिया अगाडि बढाउन राष्ट्रपति यादवले संसदलाई पत्र पठाउनुभएको हो ।

मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्था :

(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद उपधारा (२) बमोजिमको मन्त्रिपरिषद गठन नभएसम्म कायम रहनेछ।

अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको रहेनछ भने धारा २९६ को उपधारा (६) बमोजिम आह्वान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ। व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ।

(२) यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका–संसदको (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ।

Comments

comments