माछा मसला :

सामग्री : माछा : २ सय ग्राम, गरम मसला : १ चिया चम्चा,,जिरा धूलो : १ चिया चम्चा, मिट मसला : १ चिया चम्चा, सस्र्यु : १५ ग्राम, टमाटर : २ वटा, हरियो धनियाँ : १ मुठा, खुर्सानीको धूलो : १ चिया चम्चा, जिरा र खुर्सानीको पेस्ट : १ चिया चम्चा, अदुवा र लसुनको पेस्ट : आधा चम्चा, कर्नफ्लोर : आधा चम्चा, नुन : स्वादअनुसार ।

विधि : माछालाई राम्रोसँग सफा गरेपछि कर्नफ्लोर, नुन र गरम मसलामा मोलेर फ्राई गर्ने । राम्रोसँग फ्राई भएपछि निकालेर अर्को भाँडामा राख्ने । फ्राई प्यानमा तेल तताएर अदुवा र लसुन हाल्ने । त्यसमा जिरा र खुर्सानीको पेस्ट, पिसेको सर्स्यूको पेस्ट, गरम मसला तथा पानी हालेर एकछिन पकाउने । केही समयपछि त्यसमा फ्राई गरिएको माछालाई केहीबेर पकाउने ।

माछा फ्राई :

सामग्री : माछा : २ सय ग्राम, अदुवा र लसुनको पेस्ट : आधा चम्चा, जिराको धूलो : आधा चम्चा, मिट मसला : आधा चम्चा, कागतीको रस : आधा चम्चा, कर्नफ्लोर : १ चम्चा, अण्डाको सेतो भाग : १ वटा, हरियो खुर्सानीको टुक्रा : ३ वटा, धनियाँ चप ।

विधि : कर्नफ्लोरमा सबै मरमसला हाली मोलेर लेदो बनाउने र त्यसमा माछा हालेर आधा घन्टाजति छोड्ने । त्यसपछि फ्राई प्यानमा माछालाई डिप फ्राई गर्ने ।

होल फिस :

सामग्री : सिंगै माछा (बीचबीचमा चिरेको) : ४ सय ५० ग्राम, मरिच : आधा चम्चा, भेनेगर : आधा चम्चा, सोथे नुडल्स : ५० ग्राम, गाजर , भेंडेखुर्सानी, हरियो प्याज, खुर्सानी, प्याज र गोलभेंडा : १ सय ग्राम, बटर : १ चम्चा, लसुन (टुक्रा पारिएको) : ५-६ पोटी, हट सस : १ चम्चा ।

विधि : नुन, मरिच तथा भेनेगर मोल्ने । त्यसमा माछा हाल्ने र मसला भित्रसम्म जाने गरी मोलेर म:मको भाँडामा २-३ मिनेट स्टिम गर्ने ।

ससका लागि : तेल तताएर लसुन चप फ्राई गर्ने । खैरो भएपछि  गाजर, भेंडेखुर्सानी, हरियो प्याज, खुर्सानी, प्याज तथा गोलभेंडा हालेर भुट्ने । केही समयपछि पानी अनि त्यसपछि नुन, मरिच, भेनेगर तथा हट सस हाल्ने । यसलाई कर्नफ्लोर हालेर आवश्यकताअनुसार बाक्लो बनाउन सकिन्छ ।

नुडल्सका लागि : प्यानमा बटर हाल्ने र चप लसुन भुटेर नुडल्सलाई सोथे गर्ने । त्यसमा नुन र मरिच हालेर निकाल्ने ।

तयार भएको माछा, सलाद र नुडल्सलाई ससले टप गर्ने ।

– सेफ : भूपेन्द्र तामाङ

 फुड लभर्स, गैरीधारा

Comments

comments