एजेन्सी । भारतीय टेलिभिजन कलर्समा प्रसारण हुदै आएको रियलिटी शो झलक दिखला जा रिलोडेड ८ फैजल खानले जितेका छन् ।

उनले बलिया प्रतिस्पर्धीहरु सनाया इरानी र शमिता शेट्टीलाई पछि पार्दै झलक दिखला जा रिलोडेडको उपाधि जितेकी हुन् । यसअघि जिटिभीको अर्को रियलिटी शो डान्स इण्डिया डान्सको बालबालिका श्रृंखलाका विजेता बनेपछि लाइमलाइटमा छाएका फैजलले पार्टनर वैष्णवी पटिलको उम्दा साथ पाउँदै आएका थिए ।

फैजल र वैष्णवीलाई कोरियोग्राफर विवेकले डान्स कम्पोज गर्दै आएका थिए । झलक दिखला जाको उपाधि बाल कलाकारहरुले जितेको यो पहिलो पटक हो । झलकले पहिलो सिजन देखि नै एक जोडी काल कलाकारहरुलाई पनि सहभागी गराउँदै आएको छ ।

ग्राण्ड फाइनल राउण्डको रेकर्ड भर्सन कलर्सले भोलि शनिवार प्रसारण गर्दैछ ।

Comments