काठमाडौँ । व्यवस्थापिका संसदको वैठक आज बस्दैछ । आजको वैठकले आइतबार प्रधानमन्त्री निर्वाचन गर्न प्रक्रिया अघि बढाउने भएको छ ।

राष्ट्रपतिले राजनीतिक सहमतिका आधामा सरकार बन्न नसकेपछि शुक्रबार संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री चुन्न औपचारिक पत्राचार गर्दैछन् ।

संविधान अनुसार सहमतीय सरकार गठनका लागि तोकिएको सात दिनको समय बिहीबार सकिएको छ । प्रधानमन्त्रीको लागि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने बुझिएको छ ।

Comments

comments